Search This Blog

Wednesday, July 28, 2010

HETAUDA NAGARPALIKA

हेटौंडा नगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पुर्वी राप्ती उपत्यका पनि भनिने)को पुर्वी छेउ चुरेपाहडी श्रृङखला सँग जोडएर रहेको छ । यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो । यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ । यस नगरपालिकामा ११ वडामा ९८ हजार ३ सय ९४ जनसंख्या छ । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन धर्मावलम्बी छन् ।


इतिहास
महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौंडा भएको हो । हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ । नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौंडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो । तत्कालीन हेटौंडा नगरपञ्चायतका प्रथम प्रधानपञ्चमा वासुदेव रिजाल र दोस्रोमा ओमनाथ पराजुली हुन । देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि हेटौंडा नगरपालिकाका प्रमुखमा डोरमणि पौडेल, उपप्रमुख हरिबहादुर महतसहित दुई अवधिका लागि निर्वाचित हुनुभएको थियो ।मकवारपुरको पुर्वी गा. बि. स. मनहारि वाडा नुम्बेर् ३ म मेरो घर् परदछ मेरो घर् को बरेम भनूपर्द मकवन्पुर् यीअक् दम् रम्रो गाउ हो

साँस्कृतिक तथा ऐतिहासिक स्थलहरू
हेटौंडा नगरपालिकामा सहिद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर, गोक्षेक्व मन्दिर, बौद्ध गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन् ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.